ट्रम्पले गरे ब्राजीलविरुद्ध ५० प्रतिशत ट्यारिफ लगाउने घोषणा

असार २६, २०८२

एजेन्सी

Trump announced a 50 percent tariff against Brazil

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ अगस्टदेखि ब्राजीलमाथि ५० प्रतिशत ट्यारिफ (शुल्क)लगाउने घोषणा गरेका छन् । 

उनले ट्रुथ सोसियलमा एसबारे एक पत्र पनि सार्वजनिक गरेका छन् । पत्रमा ट्रम्पले अमेरिकी टेक कम्पनीमाथि आक्रमण गरेको आरोप ब्राजीलविरुद्ध लगाएका छन् । 

ट्रम्पले ब्राजील सरकारमाथि पूर्व राष्ट्रपति जेयर बोल्सोनारोविरुद्ध जासुसी गरेको आरोपसमेत लगाएको छ । यता बोल्सोनारोविरुद्ध पनि ब्राजीलमा २०२२ मा भएको आम निर्वाचनमा नतिजा परिवर्तन गर्न खोजेको आरोपसमेत छ । यसै विषयमा अहिले मुद्दासमेत चलिरहेको छ । 

ट्रम्पको घोषणापछि ब्राजीलका राष्ट्रपति लुईस लूला दा सिल्भाले अमेरिको ट्यारिफविरुद्ध आफूहरुले पनि ट्यारिफ नै लगाउने बताएका छन् । 

एजेन्सी

Link copied successfully