भारतमा रोयटर्सको एक्स एकाउन्ट 'ब्लक'

असार २२, २०८२

कान्तिपुर संवाददाता

Reuters X account 'blocked' in India

काठमाडौँ — भारतमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको आधिकारिक एक्स एकाउन्ट ब्लक गरिएको छ । कानुनी माग(लिगल डिमान्ड) का कारण रोयटर्सको एक्स एकाउन्टमाथि प्रतिबन्ध लगाइएको जनाइएको छ । 

यद्यपि प्रतिबन्धबारे रोयटर्सले भने अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन । रोयटर्सकै रोयटर्स टेक न्युज, रोयटर्स फ्याक्ट चेक, रोयटर्स पिक्चर्स, रोयटर्स एसियार रोयटर्स चाइनालगायतका ह्यान्डलहरू भने चलिरहेका छन् ।

एक्सका अनुसार अमेरिकासहित केही देशमा यस्ता कानुन छन् जुन पोस्ट र एक्स एकाउन्टका सामग्रीमाथि लागू हुन्छन् । न्यायालयबाट आदेश आएमा सामग्रीहरू रोकिन सक्ने र स्थानीय कानुननअनुसार पनि एकाउन्टमाथि प्रतिबन्ध लाग्न सक्ने एक्सको भनाइ छ । 

थोम्प्सन रोयटर्सअन्तर्गतको रोयटर्स समाचार संस्थामा विश्वभर २५ सय पत्रकार र ६ सयभन्दा बढी फोटोपत्रकार कार्यरत छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully