जापानमा दुई साताको अवधिमा ९ सय पटक आयो भूकम्प

असार १९, २०८२

कान्तिपुर संवाददाता

Japan experienced 900 earthquakes in two weeks

काठमाडौँ — पछिल्लो दुई साताको अवधिमा दक्षिणी जापानको सुदूर र कम जनसंख्या भएको द्वीप समूहमा ९ सयपटक भन्दा बढी भूकम्पको धक्का महशुस गरिएको छ । जसकारण यस क्षेत्रका नागरिकहरु चिन्ताले रातभर जाग्राम बस्ने गरेको बताइएको छ ।

बुधबार आएको ५ दशमलव ५ रेक्टरस्केलको भूकम्पपछि स्थानीय अधिकारीहरुले गत २१ जनुदेखि टोकारा द्वीपको समुद्रमा भूकम्पीय गतिविधि निकै सक्रिय रहेको बताएका छन् । 

अधिकारीहरुका अनुसार अहिलेसम्म कुनै क्षतिको सूचना भनर् आइसकेको छैन । न त कुनै सुनामीको चेतावनी नै दिइएको छ । तर आवश्यक परेका बेला तयार रहन स्थानीयलाई सचेत गराइएको छ । 

एक स्थानीयले क्षेत्रीय प्रशारक एमबीसीसँग कुरा गर्दै भनेका छन्, ‘राति सुत्न निकै डरलाग्दो भएको छ । यस्तो लाग्छ, घर सधैं हल्लिरहेको छ ।’ जापान विश्वभरमा सबैभन्दा धेरे भूकम्प जाने देशमध्ये एक हो । यहाँ हरेक वर्ष करिब १५ सयभन्दा धेरै भूकम्प जाने गर्दछ । 

कान्तिपुर

Link copied successfully