सोमालियामा हेलिकोप्टर दुर्घटना, तीनको मृत्यु

असार १८, २०८२

कान्तिपुर संवाददाता

Helicopter crash in Somalia, three dead

काठमाडौँ — सोमालियाको राजधानी मोगादिसुको एडेन एडे अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हेलिकोप्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। युगान्डन वायु सेनाको उक्त हेलिकोप्टर सोमालियामा शान्ति स्थापनार्थ खटिएको अफ्रिकन युनियनले प्रयोग गरिरहेको थियो ।

अलजजिराले विमानस्थलका कर्मचारीलाई उद्दृत गर्दै अवतरण गर्ने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको जनाएको छ । हेलिकोप्टरमा सवार आठमध्ये  तीन जनालाई  घाइते अवस्थामा उद्दार गरेर स्थानिय अस्पतालमा उपचार भइरहेको छ। अन्य दुई जनाको अवस्थाबारे भने विस्तृत विवरण आइसकेको छैन। 

बीबीसीले विमानस्थल नजिकैका एक होटलका कर्मचारीको भनाय उदृत गर्दै लेखेको छ, 'हामीले विस्फोटको आवाज सुन्यौ ।  हेलिकप्टर धुवाँ र आगोका लप्काले छोपिएको थियो ।'

कान्तिपुर संवाददाता

Link copied successfully