सर्बियामा किन चर्किरहेछ सरकार विरोधी आन्दोलन ?

असार १७, २०८२

कान्तिपुर संवाददाता

Why is the anti-government movement raging in Serbia?

काठमाडौँ — पछिल्लो एक सातायता सर्बियाको सडक आन्दोलनकारीले भरिएको छ । भ्रष्टचार बढेको र लोकतान्त्रिक स्वतन्त्रता खस्केको भन्दै उनीहरु सडकमा उत्रिएका हुन् ।

प्रदर्शनकारी राष्ट्रपति अलेक्जेन्डर भुसिच नेतृत्वको सरकार अवैध भएको भन्दै राजधानी बेलग्रेडमा प्रदर्शन जारी राखेका छन् । उनीहरुले तत्काल निर्वाचनको माग पनि राखेका छन् । एसोसिएट प्रेसले प्रदर्शनमा दसौं हजार सहभागी भएको र यसले पपुलिस्ट राष्ट्रपति भुसिचलाई अत्याएको भनेर लेखेको छ ।

Why is the anti-government movement raging in Serbia? 
सर्बियाली मिडियाहरुले प्रदर्शनका कारण राजधानीमा मुख्य सडक अस्तव्यस्त बनेको, सडकमा फोहर जताजतै छरिन थालेको र ट्राम र यातायातका अन्य साधन ठप्प भएको भनेर लेखेका छन् ।

Why is the anti-government movement raging in Serbia?

स्थानीय मिडियाका अनुसार राजधानीसहित देशका अन्य साना सहरहरुमा पनि प्रदर्शन भइरहेका छन् । आइतबारको प्रदर्शनमा ४८ प्रहरीहरु र २२ जना प्रदर्शनकारी घाइते भएका थिए ।

Why is the anti-government movement raging in Serbia?

राजधानी बेलग्रेडमा प्रदर्शन गरिरहेका विद्यार्थीलाई सरकार विरोधी प्रदर्शनमा सहभागी भएको र प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ गरिएको छ । प्रदर्शनकारीले भने पक्राउ परेका विश्वविद्यालयका विद्यार्थीको रिहाइको माग पनि गरिरहेका छन् । आइतबार मात्रै राष्ट्रपति अलेक्जेन्डर भुसिचले प्रहरीमाथि आक्रमण गर्नेहरुलाई पक्राउ गरिएको र यो यतिमै अन्त्य नहुने बताएका थिए । 

Why is the anti-government movement raging in Serbia?
तस्बिरहरु : एपी,रासस
अलजजिराका अनुसार सरकार विरोधी प्रदर्शनको सुरुवात गत नोभेम्बरबाट सुरु भएको थियो । उत्तरी सहर नोभी स्याडमा पुननिर्माण भइरहेको रेल स्टेशनको छना खसेर १६ जनाको मृत्यु भएकोपछि सरकारी पूर्वाधार निर्माणका परियोजनामा भ्रष्टचार भएको र लापरबाहीका कारण त्यतिका धेरैको मृत्यु भएको भन्दै सरकारको आलोचना सुरु भएको थियो ।

यो घटनापछि  भुसिच नेतृत्वको सरकारले प्रशासनिक पुनर्संरचना गरेको थियो । तर सरकार विरोधी जनमत त्यसपछिका दिनमा पनि जारी नै रह्यो । 

कान्तिपुर

Link copied successfully