बंगलादेशमा डेंगी संक्रमितको संख्या १० हजारभन्दा बढी, ४२ जनाको मृत्यु

असार १७, २०८२

सिन्ह्वा

In Bangladesh, the number of dengue infected is more than 10 thousand, 42 people have died

ढाका — बंगलादेशमा जुन महिनामा डेंगीका संक्रमित बढ्दा यस वर्ष अहिलेसम्म १० हजारभन्दा बढी संक्रमित हुनुका साथै ४२ जनाको मृत्यु भएको जनाइएको छ ।

मे महिनामा एक हजार सात सय ७३ मानिस भाइरल रोगबाट संक्रमित भएपछि जुनसम्म पाँच हजार नौ सय ५१ थप डेंगीका घटनाहरू रेकर्ड गरिएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशालय (डिजिएचएस) ले सोमबार सार्वजनिक गरेको तथ्यांकले यस वर्ष अहिलेसम्म डेंगीका संक्रमितको संख्या १० हजार दुई सय ९६ पुगेको देखाएको छ ।

सोमबार स्थानीय समयअनुसार ८ः०० बजेसम्म २४ घण्टामा राजधानी ढाकामा ८७ सहित कुल चार सय २९ नयाँ डेंगीका घटना रिपोर्ट गरिएको डिजिएचएसको तथ्यांकले देखाएको छ ।

जुनमा १९, मेमा तीन, अप्रिलमा सात, फेब्रुअरीमा तीन र जनवरीमा १० जनाको मृत्यु भएको डिजिएचएसले जनाएको छ ।

यस वर्ष जनवरी १ देखि जुन ३० सम्म देशभरका विभिन्न अस्पतालबाट उपचारपछि नौ हजार ८७ जना डेंगीका बिरामी घर फर्केका छन् ।

जुन–सेप्टेम्बर मनसुन अवधि बंगलादेशमा डेंगी ज्वरोको मौसम हो । बंगलादेश लामखुट्टेबाट हुने रोगहरूको उच्च जोखिममा रहेको राष्ट्र हो । 

सिन्ह्वा

Link copied successfully