बाढी र डुबानका कारण पाकिस्तानमा ७ जनाको मृत्यु

असार १३, २०८२

कान्तिपुर संवाददाता

7 people died in Pakistan due to flood and inundation

काठमाडौँ — निरन्तरको वर्षापछिको बाढी र डुबानका कारण पाकिस्तानको पूर्वी पञ्जाबमा पछिल्लो २४ घण्टामा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

प्रादेशिक विपद् व्यवस्थापन केन्द्रलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारचार माध्यम डनले पञ्जाबभर बाढीजन्य १३ घटना भएको उल्लेख गरेको छ । विपद्‌मा परेका ११ सय २२  जनाको उद्धार गरिएको छ । 

चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले पाकिस्तानस्थित मौसम विभागलाइ उद्धृत गर्दै यस सिजनमा सामान्यभन्दा २५ प्रतिशत बढी वर्षा हुने उल्लेख गरेको छ । 

अरब सागर र बंगालको खाडीबाट आएको मौसमी वायुका कारण पाकिस्तानका अधिकांश भूभागमा मनसुन प्रवेश गरेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully