तेहरानस्थित अस्ट्रेलियाको दूतावास बन्द

असार ६, २०८२

कान्तिपुर संवाददाता

Australian embassy in Tehran closed

काठमाडौँ — अस्ट्रेलियाले इरानको तहरानस्थित आफ्नो दूतावास तत्कालका लागि बन्द गरेको छ । इरानमा बिग्रँदो सुरक्षा अवस्थाका कारण तत्काल दूतावासको कामकाज बन्द गरिएको अस्ट्रेलियाले जनाएको छ । 

अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वाङ्गले भनेकी छन्, ‘तत्काल देखिएको अवस्थालाई हेरेर हाम्रो कन्सुलर सेवा दिने क्षमता निकै समीति छ । हवाई क्षेत्र अहिले पनि बन्द छ ।’

अस्ट्रेलियाले आफ्ना सबै अधिकारी र उनीहरुका परिवारका सदस्यलाई इरान छाड्न निर्देशन दिएको छ । पेनी वाङ्गले भनिन्, ‘कन्सुलर स्टाफहरुलाई इरानको छिमेकी देश अजरबैजानमा तैनाथ गरिँदैछ ।’

राजदूत भने हाल तेहरानमै रहने विदेशमन्त्रीले बताएकी छन् । इरानमा रहेका कम्तिमा १५ सय अस्ट्रेलियाली नागरिक र उनका परिवारका सदस्यहरुलाई बाहिर निकाल्नका लागि सहयोगसमेत मागेकी छिन् । 

कान्तिपुर संवाददाता

Link copied successfully