द्वन्द्व चर्किंदै जाँदा इरानबाट अर्मेनिया जाँदै भारतीय विद्यार्थी

असार ३, २०८२

कान्तिपुर संवाददाता

Indian student leaves Iran for Armenia as conflict escalates

काठमाडौँ — इजरायल र इरानबीचको द्वन्द्व चर्किंदै जाँदा इरानमा अध्ययनरत भारतीय विद्यार्थीहरू राजधानी तेहरानबाट अन्य सहरतर्फ सर्न थालेका छन् । सीएनएनका अनुसार केही भारतीय विद्यार्थी भने इरानको सीमावर्ती देश अर्मेनिया जाँदैछन् ।

भारतका खासगरी जम्मु र कश्मीरका विद्यार्थी इरानमा चिकित्सा शिक्षा अध्ययनरत छन् ।  भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार इरानमा ४ हजार भारतीय छन् । जसमध्ये आधा विद्यार्थी रहेको अनुमान छ ।

गत शुक्रबार इजरायलको आक्रमण सुरु गरेपछि इरानको हवाई क्षेत्र बन्द गरिएको छ । त्यसैले पनि इरान छाड्न चाहने विदेशी नागरिक स्थलमार्ग प्रयोग गरेर लामो यात्रा गर्न वाध्य छन् । 

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर तेहरानस्थित भारतीय दूतावासले इरानको सुरक्षा स्थिति निरन्तर निगरानी गरिरहेकोे जनाएको छ ।

विदेश मन्त्रालयले विद्यार्थीलाई इरानभित्र सुरक्षित स्थानहरूमा सारिएको र नयाँ सम्भावित विकल्पहरूको समेत अध्ययन भइरहेको जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully