केदारनाथ हेलिकप्टर दुर्घटना: चालकसहित पाँच जनाको मृत्यु

असार १, २०८२

कान्तिपुर संवाददाता

Kedarnath helicopter crash: Five dead including driver

काठमाडौँ — केदारनाथ नजिक गौरीकुण्डमा आइतबार बिहान करिब साढे पाँच बजे हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । मर्नेमध्ये एक जना नाबालक पनि रहेका छन् । 

हेलिकप्टरमा सात जना सवार थिए । श्रद्धालुलाई केदारनाथ मन्दिरबाट गौरीकुण्ड लैजानका लागि हेलिकप्टर उडेको थियो । सुरुवाती जानकारी अनुसार मौसममा खराबी आएका कारण दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

आर्यन एभिएसन कम्पनीको हेलिकप्टरमा उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका तीर्थालूहरु सवार थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully