दक्षिण अफ्रिकामा बाढीका कारण मृत्यु हुनेको संख्या ८६ पुग्यो

जेष्ठ ३१, २०८२

एएफपी

The death toll from flooding in South Africa has reached 86

जोहानेसबर्ग — दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण ८६ जनाको मृत्यु भएको र थप पीडितहरूलाई उद्धार गरिइएको शनिबार उद्धारकर्ताले जनाएका छन् ।

राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार प्रभावित प्रान्तको भ्रमण गरी जलवायु परिवर्तनका कारण विनाशकारी प्रकोपको सामना गर्नु परेको बताएका छन् । 

भारी वर्षाले पूर्वी केपमा पानी चार मिटरभन्दा बढी उचाइमा पुगेको अनुमान गरिएको जनाइएको छ । बाढीको कारण हजारौँ घर, सडक, विद्यालय तथा स्वास्थ्य सुविधाहरू डुबेको बताइएको छ ।  

बाढी र पहिरोबाट माथाथा सहर सबै भन्दा बढी प्रभावित थियो जुन रंगभेद विरोधी पूर्व राष्ट्रपति स्वर्गीय नेल्सन मण्डेलाको जन्मस्थल कुनु गाउँ नजिकै छ । राति पानी घर भित्र पसेपछि घर भित्र फसका शवको बरामद तथा जिवितहरुको उद्धार गरेको उद्धारकर्ताहरूले बताएका छन् । 

मृतकमध्ये कम्तीमा छ जना बालबालिका र तीन जना वयस्कहरू बाढीमा बगेको स्कुल बसमा रहेको जनाइएको छ । शनिबार रुखमा टाँसिएर बसेका तिन जना विद्यार्थीलाई उद्धार गरिएको र चार जना अझै बेपत्ता रहेको जनाइएको छ ।

हरित जलवायु कोषका अनुसार दक्षिण अफ्रिका जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा छ । 

एएफपी

Link copied successfully