इजरायलद्वारा इरानी आणविक केन्द्रमा हवाई आक्रमण, दुई उच्च अधिकारीको मृत्यु

जेष्ठ ३०, २०८२

एजेन्सी

Israel airstrike on Iranian nuclear facility, killing two top officials

तेहरान — इजरायलले शुक्रबार बिहान इरानका आणविक प्रशोधन केन्द्रहरूमा हवाई आक्रमण गरेको छ ।

इरानी राज्य मिडियाका अनुसार, आक्रमणमा इरानका क्रान्तिकारी गार्ड प्रमुख होसेन सालामी र पूर्व आणविक उर्जा प्रमुख फेरेयदुन अब्बासीको मृत्यु भएको छ । आक्रमणपछि राजधानी तेहरानलगायत देशभर नै विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले उक्त आक्रमण ‘इरानको आणविक कार्यक्रमको केन्द्रमै प्रहार’ भएको दाबी गरेका छन् ।

अन्तर्राष्ट्रिय आणविक उर्जा संस्थाले हालै २० वर्षपछि पहिलोपटक इरानलाई आणविक अप्रसार सन्धिको उल्लंघन गरेको भन्दै चेतावनी दिएको थियो । यद्यपि, इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण नागरिक प्रयोजनका लागि मात्र रहेको जिकिर गर्दै आएको छ ।

बीबीसीका अनुसार, तेहरानको विमानस्थल बन्द गरिएको छ भने इजरायलले आपतकाल घोषणा गरेको छ । अमेरिकाले भने यो आक्रमणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ ।

एजेन्सी

Link copied successfully