इजरायली आक्रमणमा ६ इरानी ‘न्युक्लियर साइन्टिस्ट’ को मृत्यु

जेष्ठ ३०, २०८२

कान्तिपुर संवाददाता

6 Iranian 'Nuclear Scientists' killed in Israeli attack

काठमाडौँ — इजरायलले शुक्रबार बिहानदेखि इरानका आणविक प्रशोधन केन्द्र लक्षित गर्दै गरेको आक्रमणमा ६ जना इरानी ‘न्युक्लियर साइन्टिस्ट’(आणविक वैज्ञानिक)को मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ ।

आक्रमणमा दुई इरानी उच्च अधिकारीको मृत्यु समेत भएको छ । इरानका क्रान्तिकारी गार्ड प्रमुख होसेन सालामी र पूर्व आणविक उर्जा प्रमुख फेरेयदुन अब्बासीको मृत्यु भएको पनि इरानले जनाएको छ । 

सीएनएनका अनुसार इरान विरुद्धको आक्रमणमा इजरायलले २०० फाइटर जहाज परिचालन गरेको छ भने इरानले इजरायलभूमितर्फ एक सय वटा ड्रोन पठाएको छ । 

सीएनएनसँग कुरा गर्दै अमेरिकी अधिकारीहरुले इरानमाथि इजरायलले गरेको आक्रमणमा आफूहरुको कुनै संग्लनता नरहेको बताएका छन् । अलजजिराले भने इजारायलले इरानमाथि गर्न लागेको सम्भावित आक्रमणबारे जानकार थिए भनेर लेखेको छ । 

कान्तिपुर

Link copied successfully