भारतमा अर्का युट्युबर पक्राउ

करिब तीन साताअघि हरियाणाकी युट्युबर ज्योति मलहोत्रा पक्राउ परेकी थिइन् । दुवैमाथि पाकिस्तानी इन्टेलिजेन्स एजेन्सीका लागि जासुसी गतिविधिमा संलग्न रहेको आरोप छ ।

जेष्ठ २१, २०८२

कान्तिपुर संवाददाता

Another YouTuber arrested in India

काठमाडौँ — पाकिस्तानी जासुसी सञ्जाल र आतंकवादी समुहहरुमा संलग्नता रहेको शंकामा भारतमा अर्का युट्युबर पक्राउ परेका छन् । भारतिय संचारमाध्यमले पञ्जावस्थित मह्लान गाउँका वासिन्दा युट्युबर जस्बिर सिंहलाई प्रहरीले मंगलबार पक्राउ गरेको जनाएका छन् ।

 करिब तीन साता अघि हरियाणाकी युट्युबर ज्योती मलहोत्रा पनि पाकिस्तानी इन्टेलिजेन्स एजेन्सीहरु लागि जासुसी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको थियो । उनी हाल हिरासतमा छिन् । 

‘जान महल’नामको युट्युब च्यानल सञ्चालन गर्दै आएका सिंहलाई पञ्जावको बिशेष अपरेसन सेलले मोहलीस्थित घरबाट पक्राउ गरेको प्रहरी अधिकारीहरुलाई उद्धृत गर्दै इन्डियन एक्स्प्रेसले लेखेको छ । उनीमाथी पाकिस्तानी नागरिक डेनिश भनेर चिनिने एह्सन उर रहिम र पाकिस्तानी आतंकवादी जासी सञ्जालका शाकिर भनेर चिनिने जुत्त रन्धवासंग सम्पर्क रहेको आरोप छ । डेनिश भने नयाँ दिल्लीमा पाकिस्तानको तर्फबाट उच्च आयोगका अधिकारी समेत थिए, उनलाई पनि जासुसी सञ्जालको संलग्नतामा यस अघि नै निस्कासित गरिएको छ । 

पञ्जाबका प्रहरी महानिर्देशक गौरव यादवले बुधबार एक्स (पहिलेको ट्विटर) मा पोस्ट गर्दै सिंहसंग जोडिएको महत्वपुर्ण जासुसी सञ्जाल पत्ता लागेको बताएका हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । डेनिशकै निम्तोमा सिंहले नयाँ दिल्लीस्थित पाकिस्तानी राष्ट्रिय दिवसमा सहभागी भएर पाकिस्तानी सैनिक अधिकारीहरु तथा भ्लगरहरुले भेट गरेको, सन् २०२०, २०२१ र २०२४ मा पाकिस्तान गएको, उसका विधुतिय उपकरणहरुमा थुप्रै पाकिस्तानी नम्बरहरु रहेको पाइएको प्रहरीले बताएका छन् । विस्तृत अनुसन्धानका लागि फोरेन्सिक जाँचहरु भैरहेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully