काे बन्लान् दक्षिण काेरियाका राष्ट्रपति ?

जेष्ठ २०, २०८२

कान्तिपुर संवाददाता

Who will become the president of South Korea?

काठमाडौँ — दक्षिण कोरियामा भएको राष्ट्रपति निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीका ली जे–म्योंगले ५० प्रतिशत भन्दा धेरै मत पाउने एक्जिट पोलहरुले प्रक्षेपण गरेका छन् ।

 सत्तारुढ पिपल पावर पार्टीका किम मून–सू ले भने  करिब ३९ प्रतिशत मतले पछी परेको प्रक्षेपण पनि गरिएको छ ।

पूर्वराष्ट्रपति युन सुक योलको नागरिक शासन अवरुद्ध गर्दै मार्शल ल घोषणा गरेपछि सांसदहरूले महाभियोग लगाइएर पदबाट निलम्बन गरेका थिए । 

अलजजिराले देशभर मतगणना जारी रहेको र स्थानीय समय अनुसार मध्यराततिर ७० प्रतिशत मतगणना सकिँदा सम्म विजेता स्पष्ट हुने अपेक्षा गरिएको उल्लेख गरेको छ । यो निर्वाचनमा कुल मतदातामध्य ७९.४ ले मतदान गरेका छन् । जुन १९९७ यता भएका राष्ट्रपति निर्वाचनको सबैभन्दा उच्च सहभागिता हो।

बीबीसीले नयाँ राष्ट्रपतिका सामु अमेरिकी भन्सार शुल्कप्रति चिन्तित व्यवसायीहरु र डोनाल्ड ट्रम्पजस्तो अनिश्चित सहयोगीसँग कसरी समन्वय गर्छन भन्ने चुनौती रहेको लेखेकाे छ ।  

कान्तिपुर

Link copied successfully