रुसमा गुडिरहेको रेलमाथि पुल खस्दा सात जनाको मृत्यु

जेष्ठ १८, २०८२

कान्तिपुर संवाददाता

Seven people died when a bridge fell on a train in Russia

काठमाडौँ — रुसमा युक्रेनी सीमा नजिकै राजमार्गको पुल भत्किएर रेलमाथि खस्दा कम्तीमा सात जनाको मृत्यु भएको छ । रुसको आपत्कालीन सेवाका अनुसार दुर्घटना ब्रायन्स्क भन्ने क्षेत्रमा भएको हो । 

दुर्घटनामा कम्तीमा ३२ जना घाइते भएका छन् । रुसको आपत्कालीन मन्त्रालयले उद्धारकर्मीहरूले अझै पनि रेलभित्र फसेका मानिसको खोजी गरिरहेको बताएको छ । 

रूसी रेलवेले टेलिग्राममा एक विज्ञप्तिमा यातायात प्रणालीमा अवैध हस्तक्षेपका कारण पुल भत्किएको आरोप लगाएको छ । स्थानीय गभर्नरले एक बच्चासहित दुई जना गम्भीर घाइते भएको र सबै घाइतेलाई अस्पताल पठाइएको बताए ।

मस्कोको अन्तर–क्षेत्रीय यातायात अभियोजन कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको बताएको छ । अधिकारीहरूले दुर्घटनाको समयमा रेल गुज्रिरहेको र पुल भत्किँदा यसको इन्जिन र केही कोच पटरीबाट खसेको बताएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully