जोस — नाइजेरियाको बेन्यु राज्यको ग्वेर वेस्ट क्षेत्रमा शुक्रबारदेखि आइतबारसम्म तीनवटा गाउँमा भएका शृंखलाबद्ध आक्रमणमा ३० जनाभन्दा बढीको ज्यान गएको छ ।
आइतबार अओन्डाना गाउँमा मात्रै कम्तीमा २० जनाको ज्यान गएको र अन्य गाउँमा पनि १० जनाभन्दा बढीको मृत्यु भएको जनाइएको छ । स्थानीयका अनुसार ज्यान जानेमा दुई वर्षमुनिका बालबालिकासमेत छन् । घटनामा मारिएका केहीलाई घटनास्थलनजिकै गाडिएको र छिमेकी गाउँहरूमा समेत आक्रमण भएको थियो ।
घटनाको अनुसन्धान जारी रहेको बताइएको छ ।
