इजरायलले सम्पूर्ण गाजा नियन्त्रणमा लिन्छ : नेतान्याहु 

जेष्ठ ५, २०८२

एजेन्सी

Israel will take control of all of Gaza: Netanyahu

जेरुसलेम — इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली सेनाले गाजापट्टीको सबै भू-भाग नियन्त्रणमा लिने चेतावनी दिएका छन् । 

टेलिग्राममा सार्वजनिक भिडियो सन्देशमा नेतान्याहुले इजरायली रक्षा बल (आईडीएफ)ले लडाइँमा प्रगति गरिरहेको बताएका छन् । ‘लडाईं तीव्र छ र हामी प्रगति गरिरहेका छौं । हामी गाजापट्टीको सबै क्षेत्र नियन्त्रणमा लिनेछौं,’ उनले भने, ‘हामी हार मान्ने छैनौं । तर सफल हुनका लागि हामीले कसैले रोक्न नसक्ने तरिकाले कार्य गर्नुपर्छ ।’ 

इजरायलले ‘व्यावहारिक र कूटनीतिक दुवै कारणका लागि’ गाजाको जनसंख्यालाई अनिकालमा डुब्न दिन नहुने उनको भनाइ छ । ‘हाम्रो विजय सुनिश्चत गर्न, हमासलाई हराउन र बन्धकहरूलाई मुक्त गर्न हामी अनिकालको बिन्दुमा पुग्न सक्दैनौं,’ नेतान्याहुले भने । गाजामा अनिकालकाको अवस्था उत्पन्न गराउने इजरायलको उद्देश्य नभएको उनको दाबी छ । 

एजेन्सी

Link copied successfully