काठमाडौँ — भारतले बंगलादेशका तयारी कपडा र खाद्यवस्तुजस्ता सामग्रीको आयातमा प्रतिबन्ध लगाएको छ ।
शनिबार भारतको वाणिज्य मन्त्रालय अन्तर्गतको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेड (डीजीएफटी)ले यस सम्बन्धमा एक सूचना जारी गरेको छ ।
डीजीएफटीका तर्फबाट लगाइएको प्रतिवबन्ध तत्काल नै लागू गरिएको छ । यी प्रतिबन्ध अन्तर्गत बंगलादेशबाट तयारी गारमेन्ट्सको आयात अनुमति कुनै पनि बन्दरगाहबाट दिइने छैन ।
सूचना अनुसार यसको अनुमति अब न्वावा शेवा पोर्ट र कोलकाताको बन्दरगाहबाट मात्र दिइनेछ । बन्दरगाह प्रतिबन्ध बंगलादेशबाट हुने माछा, एलपीजी, क्रश्ड स्टोन र खाद्य तेल आयातमा भने लागू हुनेछैन ।
मन्त्रालयका अनुसार यो बन्दरगाह प्रतिबन्ध भारत हुँदै नेपाल र भुटान जाने बंगलादेशी सामानमा भने लागू हुनेछैन ।
