किभ — उत्तरपूर्वी युक्रेनमा एक सार्वजनिक बसमा रुसले गरेको आक्रमणमा ९ जनाको मृत्यु भएको छ । शनिबार बिहान सुमीको बिलोपिलियामा भएको आक्रमणमा अन्य ७ जना घाइते भएका स्थानीय अधिकारीहरूले जनाएका छन् ।
रुस र युक्रेनले सन् २०२२ पछि पहिलो प्रत्यक्ष शान्ति वार्ता गरेको केही घण्टापछि आक्रमणकको समाचार सार्वजनिक भएको हो । दुई देशबी युद्धबन्दी आदानप्रदानमा सहमति भए पनि युद्धविरामका विषयमा कुनै सफलता हासिल भएको छैन ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले जानाजा नागरिकहरूको हत्या गरेको आरोप लगाएका छन् । घटनाबारे रुसले प्रत्यक्ष रुपमा कुनै टिप्पणी गरेको छैन । तर राज्य सञ्चालित सञ्चार माध्यमले सेनाले सुमीमा ‘सैन्य क्षेत्र’ मा प्रहार गरेको जनाएको छ ।
सुमी क्षेत्रीय प्रमुख ओलेह ह्रिहोरोभका अनुसार स्थानीय समयानुसार शनिबार बिहान ६:१७ बजे रुसी ल्यान्सेट ड्रोन बसमा प्रहार गरिएको हो । रुसले अमानवीय आक्रमण गरेको उनको भनाइ छ ।
