लखनऊ — भारतको उत्तरप्रदेशस्थित लखनऊमा गुडिरहेको एसी बसमा आगलागी हुँदा पाँच जनाको जलेर मृत्यु भएको छ ।
मृतकमध्ये दुई जना आमाछोरी, दुईजना दिदीभाई र एक युवक रहेका छन् । बसमा करिब ८० यात्री रहेको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त बस बिहारको बेगुसरायदेखि दिल्ली जाँदै गरेको थियो ।
बिहीबार बिहान करिब पौने पाँच बजेतिर उक्त घटना भएको हो । बसमा अचानक आगो लागेको र धुँवा भरिएको यात्रीहरुले बताएका छन् । के कारणले आगो लागेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको यूपी प्रहरीले जनाएको छ ।
