म्यानमार सीमामा भारतीय सैन्य कारबाहीमा १० उग्रवादी मारिए

जेष्ठ १, २०८२

कान्तिपुर संवाददाता

10 militants killed in Indian military operation along Myanmar border

काठमाडौँ — भारतीय सेनाले बुधबार राति मणिपुरको चन्देल जिल्लाको असम राइफल्सको एक युनिटसँग भीडन्त हुँदा १० जना उग्रवादी मारिएको बताएको छ ।

भारतीय सेनाको पूर्वफ कमानले सामाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै भनेको छ, ‘भारत–म्यानमार सीमाको चन्देल जिल्लामा न्यू समताल गाउँनजिक सशस्त्र उग्रवादीको आवातजावतलाई लिएर पाइएको गुप्त जानकारीअनुसार कारबाही गर्दा असम राइफलस्स युनिटले १४ मे मा एक अभियान सुरु गर्‍यो ।’

अभियानका क्रममा संदिग्ध उग्रवादीले सेनामाथि गोलाबारी गरेको र जवाफी कारबाहीमा १० उग्रवादी मारिएको पूर्वी कमानले बताएको छ । उक्त अभियानमा भारी मात्रामा हतियार र गोलाबारुद बरामद गरिएको पनि बताइएको छ । सेनाले अभियान अझै जारी रहेको बताएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully