रियाद — चार दिने भ्रमणका क्रममा पश्चिम एसिया पुगेका अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबको भ्रमण पूरा गरेका छन् । साउदी भ्रमण सकिएसँगै उनी कतारको राजधानी दोहा पुगेका छन् । साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणका क्रममा मंगलबार रियाद उत्रेका ट्रम्पलाई साउदी युवराज मोहम्मद बिन सलमानले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा ट्रम्पले साउदी अरबसँग १ खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरे । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सम्झौता अनुसार साउदी अरबले एक दर्जनभन्दा बढी अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध लडाइँसम्बन्धी उपकरण तथा सेवाहरू प्राप्त गर्नेछ ।
सम्झौतामा वायु सेनाको उन्नति र अन्तरिक्ष क्षमता, हवाई तथा क्षेप्यास्त्र रक्षा, समुद्री तथा तटीय सुरक्षा, सीमा सुरक्षा र स्थल सेनाको आधुनिकीकरण तथा सूचना तथा सञ्चार प्रणालीको स्तरोन्नति लगायतका विषय समावेश छन् । त्यस्तै दुई देशबीच ऊर्जा, खनिज स्रोत, संक्रामक रोगसम्बन्धी सहयोग लगायत विषयमा पनि सहमति भएको छ ।
त्यस्तै, भ्रमणकै क्रममा सिरियामाथिको अमेरिकी प्रतिबन्ध हटाउने घोषणा गरेका ट्रम्पले सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल-शारासँग भेटवार्ता गरेका छन् । भेटका क्रममा ट्रम्पले अल-शारालाई इजरायलसँग सम्बन्ध सुधार्ने अब्राहम सम्झौतामा हस्ताक्षर गर्न र सिरियाली भूभागबाट सबै विदेशी आतंकवादीलाई लखेट्न सुझाव दिएका छन् ।
![Trump's visit to Saudi Arabia is over [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/trump-saudi-visit-1-1452025013233-1000x0.jpg&w=1001&h=0)
![Trump's visit to Saudi Arabia is over [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/trump-saudi-visit-3-1452025013339-1000x0.jpg&w=1001&h=0)
![Trump's visit to Saudi Arabia is over [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/trump-saudi-visit-2-1452025013257-1000x0.jpg&w=1001&h=0)
![Trump's visit to Saudi Arabia is over [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/trump-saudi-visit-12-1452025013154-1000x0.jpg&w=1001&h=0)