पाकिस्तानी हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारेको भारतको दाबी 

वैशाख २५, २०८२

एजेन्सी

India claims to have disabled Pakistan's air defense system

नयाँदिल्ली — पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफमा बुधबारदेखि ‘अपरेसन सिन्दूर’ सुरू गरेको भारतले पाकिस्तानको लाहोरस्थित हवाई प्रतिरक्षा प्रणाली ‘निष्क्रिय’ पारेको जनाएको छ । 

भारतीय रक्षा मन्त्रालयले भारतीय सेनाले पाकिस्तानका ‘धेरै स्थान’ मा रहेका हवाई प्रतिरक्षा राडार र प्रणालीलाई लक्षित गरेको जनाएको छ । ‘लाहोरमा रहेको हवाई प्रतिरक्षा प्रणालीलाई निष्क्रिय पारिएको विश्वसनीय रूपमा थाहा भएको छ,’ विज्ञप्तीमा भनिएको छ । 

तर भारतले हवाई प्रतिरक्षा प्रणालीलाई कसरी लक्षित गरेको छ भन्ने बारेमा थप विवरण भने दिएको छैन । 

बुधबार बिहान ‘अपरेसन सिन्दूर’ सुरू गरेको भारतले बुधबार राति पनि पाकिस्तानमाथि आक्रमण जारी राखेको थियो । पाकिस्तानले बुधबार रातिदेखि २५ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ । 

उक्त अवधिमा पाकिस्तानले पनि केही क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको भारतको भनाइ छ । 

एजेन्सी

Link copied successfully