पहलगाम आक्रमणपछि भारतसँगको तनावमा मध्यस्थता गर्न इरानका शीर्ष कुटनीतिज्ञ पाकिस्तानमा

वैशाख २२, २०८२

रासस/एपी

Iran's top diplomat to Pakistan to mediate tensions with India after Pahalgam attack

इस्लामावाद — गत अप्रिल २२ मा जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको घटनापछि भारत–पाकिस्तानबीच बढ्दो तनावमा ध्यस्थता गर्ने प्रयासका लागि इरानका विदेशमन्त्री सोमबार पाकिस्तानमा पुगका छन् ।

पाकिस्तानको विदेश मन्त्रालयका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघचीको भ्रमण कश्मीरमा पर्यटकहरुको हत्या भएपछि बढेको तनावपछि कुनै पनि विदेशी कुटनीतिज्ञको पहिलो भ्रमण हो । यो भ्रमण तेहरानले आणविक सशस्त्र छिमेकीहरूबीचको तनाव कम गर्न मद्दत गर्ने प्रस्ताव गरेको केही दिनपछि भएको हो ।

इस्लामावाद नजिकैको विमानस्थलमा अवतरण गरेपछि वरिष्ठ पाकिस्तानी अधिकारीहरूले अराघचीलाई स्वागत गरेका थिए । उनले आफ्ना पाकिस्तानी समकक्षी इशाक डार, राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री शाहबाज सरिफलाई भेट्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले थप विवरण दिएको छैन ।

क्याबिनेट मन्त्री अत्ताउल्लाह तरारले यही वैशाख ९ गते (अप्रिल २२)  मा पहलगाममा भएको आक्रमणको प्रतिक्रियामा भारतले पाकिस्तानमा आक्रमण गर्नसक्ने विश्वसनीय खुफिया जानकारी इस्लामावादसँग रहेको बताएपछि गत सातादेखि पाकिस्तानको सशस्त्र सेना उच्च सतर्कतामा रहेको छ ।

पाकिस्तानले आक्रमणमा कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ र विश्वसनीय अन्तर्राष्ट्रिय अनुसन्धान गर्न प्रस्ताव गरेको छ । नयाँदिल्लीले अहिलेसम्म यो प्रस्ताव स्वीकार गरेको छैन । अमेरिकाका अधिकारीहरूसहित धेरै विश्व नेताले दुवै पक्षलाई संयम अपनाउन र थप तनावबाट बच्न आग्रह गरेका छन् ।

रासस/एपी

Link copied successfully