पोपका रुपमा आफ्नो एआई तस्बिर शेयर गरेपछि ट्रम्पको आलोचना

वैशाख २१, २०८२

एजेन्सी

Trump criticized after sharing AI photo of himself as Pope

अमेरिका — अमेरिकी राष्ट्रपति कार्यालयको इन्स्टाग्राम अकाउन्टबाट डोनाल्ड ट्रम्पको पोपका रुपमा एआई तस्बिर शेयर गरिएकोमा क्याथोलिक समूहले कडा आपत्ति जनाएको छ ।

क्याथोलिकहरु २१ अप्रिलमा निधन भएका पोप फ्रान्सिसको शोक मनाइरहेका बेला यस्तो तस्बिर साझा गरिएको हो । पोस्ट गरिएको ट्रम्पको तस्बीरमा उनले पोपजस्तै सेतो पोसाक पहिरिएका छन्, गलामा ठूलो क्रस र गम्भीर भावमा एक औंला माथि उठाएका छन् । 

न्यूयोर्क स्टेट क्याथोलिक कन्फ्रेन्सले ट्रम्पलाई आफूहरुको आस्थामाथि मजाक गरेको आरोप लगाएको छ । केही दिनअघि ट्रम्पले सञ्चारकर्मीहरुसँग मजाक गर्दै भनेका थिए, ‘म पोप बन्न चाहन्छु ।’

ट्रम्प पहिलो यस्तो अमेरिकी राष्ट्रपति हुन् जसमाथि यस्तो प्रकारको आरोप लागेको छ । एक वर्षअघि अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनले प्रो–अबोर्शन र्‍यालीमा ‘साइन अफ द क्रस’ बनाएर क्याथोलिक समुदायलाई आक्रोशित बनाएका थिए । 

भ्याटिकनका प्रवक्ताले ट्रम्पको तस्बिरमा कुनै टिप्पणी गरेका छैनन् । भ्याटिकनमा बुधबारदेखि पोपको उत्तराधिकारी छनोटको प्रक्रिया सुरु हुनेछ । 

न्यूयोर्क स्टेट क्याथोलिक कन्फ्रेन्सले एक्समा लेखेको छ, ‘यो तस्बिर कुनै खास छैन, मिस्टर प्रेसिडेन्ट । हामीले भर्खरै हाम्रा प्रीय पोपको अन्तिम संस्कार गरेका छौं । र अब एक गम्भीर चुनावी प्रक्रिया सुरु हुन गइरहेको छ । कृपया हाम्रो मजाक नउडाउनुहोस् ।’

एजेन्सी

Link copied successfully