गोवा — उत्तरी गोवाको शिरगाउँस्थित श्री लैराई देवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मापुसामा उत्तरी गोवा जिल्ला अस्पतालको अनुगमन गर्दै घाइतेसँग भेटघाट गरेका छन् ।
एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार यो घ६ना दिनको सुरुवाती समयमा शिरगाउँस्थित श्री लैराई देवी मन्दिरमा भएको हो ।
गोवा, महाराष्ट्र र कर्नाटकबाट हजारौं श्रद्धालु यस उत्सवमा सहभागी हुन मन्दिर पुगेका थिए । भागदौडको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।
