गुजरातमा अवैध रुपमा बसिरहेका बंगलादेशी नागरिकको खोजी गरिँदै, पाँच सय बढी नियन्त्रणमा

वैशाख १४, २०८२

एजेन्सी

Searching for Bangladeshi citizens living illegally in Gujarat, more than 500 arrested

भारत — गुजरातमा अवैध रुपमा बस्दै आएका बंगलादेशी नागरिकलाई हिरासतमा लिने क्रम तीव्र पारिएको छ । यस अभियानमा ५ सयभन्दा बढी अवैध बंगलादेशीलाई हिरासतमा लिइएको बताइएको छ । 

वडोदरा प्रहरी कमिश्नर नरसिंह कोमारले भने, ‘अवैध बंगलादेशी प्रवासीलाई पहिचान गर्नका लागि स्पेशल ड्राइभ चलाइएको छ । यसलाई लिएर अहिलेसम्म हामीले ५ सय भन्दा बढीलाई नियन्त्रणमा लिएका छौं । उनीहरुको डकुमेन्ट भेरिफिकेशन गर्दा पाँच जना बंगलादेशका नागरिक भएको पुष्टि भएको छ ।’ यस प्रकरणमा अनुसन्धान जारी रहेको उनको भनाइ छ । 

यता राजकोटका डीसीपी क्राइम पार्थराज सिंह गोहिलले गुजरातमा अवैध रुपमा बसिरहेका विशेष गरी बंगलादेशबाट आएका नागरिक, उनीहरुलाई खोजेर डीपोर्ट गर्ने प्रक्रियाका लागि डीजी अफिसमा सूचना दिइएको बताए । 

उनले भने, ‘यसलाई लिएर हामी रातिमा चेकिङ अभियान चलाइरहेका छौं । यसक्रममा हामीले ८ सय जनाको जाँच गर्‍यौं । जसमा १० जना बंगलादेशी नागरिक भेटिए । उनीहरुलाई आगामी दिनमा गृह विभाग र गृहमन्त्रालयमार्फत प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने काम हुनेछ ।’

गुजरातमा शनिबार बिहान प्रहरीले अहमदाबाद र सुरतबाट ५ सयभन्दा बंगलादेशी नागरिक भएको आशंकामा हिरासतमा लिइएको थियो । प्रहरीले यो कारबाही अहमदाबादको चन्दोला, सुतरको केही क्षेत्र र महिसागर जिल्लामा चलाएको थियो । 

यो कारबाही शुक्रबार केन्द्रीय गृहमन्त्री अमित शाहले सबै राज्यमा रहिरहेका पाकिस्तानी नागरिकलाई पहिचान गर्ने र उनीहरुलाई फिर्ता पठाउनका लागि निर्देशन दिएपछि चलाइएको हो ।

एजेन्सी

Link copied successfully