भारतीय क्रिकेट टिमका ‘हेड कोच’ गौतम गम्भीरलाई ज्यान मार्ने धम्की

वैशाख ११, २०८२

एजेन्सी

Indian Cricket Team's 'Head Coach' Gautam Gambhir gets death threats

नयाँ दिल्ली — मंगलबार जम्मू–कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणका कारण भारत यतिबेला शोकमग्न छ । जहाँ एक नेपाली, एक जना यूएईकासहित २७ जना मारिएका छन् । 

यसैबीच भारतीय क्रिकेट टिमका हेड कोच गौतम गम्भीरलाई आईएसआईएसका तर्फबाट ज्यान मार्ने धम्की दिइएको छ । मिडिया रिपोर्ट्स अनुसार गम्भीरलाई कश्मीरबाट इमेलमार्फत् ज्यान मार्ने धम्की आएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

धम्कीपछि गम्भीरले प्रहरीसँग सम्पर्क गर्दै तत्काल अनुसन्धान र कारबाहीको माग गरेका छन् । रजिन्दर प्रहरी स्टेशन र डीसीपी सेन्ट्रलका अधिकारीले गौतम गम्भीरलाई उक्त धम्कीविरुद्ध निवेदन दर्ता गराउन अनुरोध गरेका थिए । त्यसपछि उनले निवेदन दर्ता गराए ।  

उनलाई धम्कीपूर्ण उक्त इमेल २२ अप्रिलमा भएको थियो । पहलगाममा भएको आक्रमणपछि गम्भीरले त्यसको कडा निन्दा गरेका थिए । सोलगत्तै उनलाई इमेलमा ‘आई किल यू’ भन्ने धम्कीपूर्ण म्यासेज आएको थियो । 

गम्भीरको निवेदनपछि प्रहरीले यसको छानबिन सुरु गरेको छ । इमेल पठाउने व्यक्तिको पहिचान गर्ने क्रम जारी रहेको र इमेल ट्र्याकसमेत गरिएको प्रहरीले जनाएको छ ।

एजेन्सी

Link copied successfully