अमेरिकामा किन भइरहेछ ट्रम्पविरोधी प्रदर्शन ?

– ५०५०१ अर्थात् ५० विरोध, ५० राज्य, १ आन्दोलनमा हजारौं अमेरिकी सहभागी

वैशाख ८, २०८२

बुद्धिसागर मरासिनी

Why is there an anti-Trump protest in America?

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हालैका कार्यहरूको विरोधमा शनिबार हजारौं मानिस अमेरिकाभर प्रदर्शन गर्दै सडकमा उत्रिएका छन् । ‘५०५०१ भनेर चिनिने ५० विरोध, ५० राज्य, १ आन्दोलन’ अमेरिकी क्रान्तिकारी युद्धको सुरुवातको २५० औं वार्षिकोत्सवको अवसर पारेर गरिएको हो ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस र टेस्ला गाडीका डिलरबाहिर तथा धेरै सहरका केन्द्रमा प्रदर्शनकारीले विभिन्न गुनासो व्यक्त गरे । प्रदर्शनका सहभागीले किल्मार आब्रेगो गार्सियालाई अमेरिका फिर्ताका लागि माग गरेका थिए । प्रदर्शनमा सहभागीमध्ये कतिपयले गार्सियाको निष्कासनको आलोचना गर्न ह्वाइटहाउसमा भेला भएको बताएका सीएनएनले उल्लेख गरेको छ । उनलाई फिर्ता ल्याउन ट्रम्पले एल साल्भाडोरलाई सजिलै दबाब दिन सक्ने उनीहरूको भनाइ छ । ह्वाइटहाउस अगाडि उभिएका एक प्रदर्शनकारीले ‘ट्रम्पलाई एल साल्भाडोर निष्कासन गर’ नारासहितको प्लेकार्ड बोकेका थिए ।

गल्तीले अमेरिकाबाट निष्कासन गरिएका गार्सियालाई एल साल्भाडोर पठाइएको छ । ग्यालपले गरेको पछिल्लो सर्वेक्षणमा ४५ प्रतिशत अमेरिकी मतदाताले ट्रम्प कार्यकालको पहिलो त्रैमासिकमा उनको कार्यसम्पादनलाई अनुमोदन गरेका छन् । यो उनको पहिलो प्रशासनमा सोही अवधिको तुलनामा ३ प्रतिशत बढी हो । सन् १९५२ देखि २०२० सम्म निर्वाचित सबै अमेरिकी राष्ट्रपतिको पहिलो तीन महिनाको कार्यसम्पादनलाई कम्तीमा ६० प्रतिशतले अनुमोदन गरेका छन् । यस अर्थमा ट्रम्प इतिहासकै कमजोर राष्ट्रपति बनेका छन् । Why is there an anti-Trump protest in America?

पछिल्लो समय राष्ट्रपति ट्रम्पको लोकप्रियता घट्दै गएको देखिन्छ । यसका लागि अर्थतन्त्रसम्बन्धी ट्रम्प नीति मुख्य कारक हो । ग्यालपका अनुसार जनवरीमा उनले पदभार ग्रहण गर्दा उनको अनुमोदन मूल्यांकन ४७ प्रतिशत थियो । हालै गरिएको रोयटर्स/इप्सोस सर्वेक्षणमा उनको अनुमोदन मूल्यांकन ४७ प्रतिशतबाट घटेर ४३ मा झरेको देखिएको छ । सर्वेक्षणमा अर्थतन्त्रमा उनको कदमलाई केवल ३७ प्रतिशत मतदाताले मात्र अनुमोदन गरेका छन् ।

शनिबार गरिएको प्रदर्शनमा सहभागीले ट्रम्प प्रशासनले हालै गरेका कतिपय निर्णयको विरोध गरेका छन् । खासगरी सरकारी जागिर र अन्य खर्च कटौती गर्ने सरकारी दक्षता विभाग (डज) को पहल र एल साल्भाडोरका नागरिक किल्मार आब्रेगो गार्सियालाई फिर्ता ल्याउन ट्रम्प प्रशासनले गरेको बेवास्ताबारे चर्को आवाज उठाए ।

ट्रम्प प्रशासनले गत महिना गार्सियासहित २ सय ६० जना भेनेजुएला र एल साल्भाडोरका नागरिकलाई मध्य अमेरिकी देश एल साल्भाडोरको कुख्यात मेगा–जेल सेकोट (आतंकवाद बन्दी केन्द्र) मा पठाएको थियो । भेनेजुएलाको आपराधिक गिरोहका सदस्य भएको दाबी गरिएका उनीहरूलाई १७९८ को ‘एलियन एनिमिज एक्ट’ प्रयोग गरी मेगा–जेलमा पठाइएको हो ।Why is there an anti-Trump protest in America?

उक्त ऐनले अमेरिकी राष्ट्रपतिलाई सामान्य प्रक्रियाबिना नै ‘शत्रु’ राष्ट्रका मूल निवासी वा नागरिकलाई हिरासतमा राख्न र देश निकाला गर्न आदेश दिने अधिकार प्रदान गर्छ । ‘एलियन एनिमिज एक्ट’ अमेरिकामा यसअघि युद्धको समयमा मात्र तीन पटक प्रयोग गरिएको थियो । पछिल्लो पटक उक्त ऐन दोस्रो विश्वयुद्धमा प्रयोग गरेर जापानी मूलका मानिसलाई मुद्दाबिना नै जेलमा राखिएको थियो र हजारौंलाई नजरबन्द शिविरमा पठाइएको थियो ।

जनवरीमा पदभार ग्रहण गरेदेखि ट्रम्पको कट्टरपन्थी आप्रवासन नीतिले धेरै कानुनी अड्चनको सामना गर्नुपरेको छ । ट्रम्पले भेनेजुएलाको ‘ट्रेन डे अरागुआ’ समूहलाई अमेरिकी भूभागमा आक्रमण, घुसपैठ तथा धम्की दिने’ गरेको आरोप लगाउँदै आएका छन् । अप्रिल ८ सम्म एल साल्भाडोर पठाइएका २ सय ६१ जना भेनेजुएलाका नागरिकमध्ये १ सय ३७ लाई ‘एलियन एनिमिज एक्ट’ अन्तर्गत अमेरिकाबाट निष्कासन गरिएको सीबीएस न्युजले जनाएको छ । तर अमेरिकी अदालतले मार्च १५ मा त्यस्तो निर्वासनलाई अस्थायी रूपमा रोक लगाएको थियो ।Why is there an anti-Trump protest in America?

मेरिल्यान्ड राज्यका एक न्यायाधीशले ट्रम्प प्रशासनले गल्तीले उनलाई निष्कासन गरेको भन्दै फिर्ता ल्याउन आदेश दिएका थिए । सरकारले उनको निर्वासनलाई ‘प्रशासनिक त्रुटि’ भनेर स्वीकार गरेपछि सर्वोच्च अदालतले गत साता न्यायाधीश पाउला सिनिसको आदेशलाई आंशिक रूपमा समर्थन गर्दै अधिकारीहरूले उनको रिहाइलाई सहज बनाउन आदेश दिएको थियो । तर ट्रम्प अधिकारीहरूले आदेशविरुद्ध निरन्तर दबाब दिइरहेका छन् । एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले पनि गार्सियालाई अमेरिका फर्कन नदिने बताएका छन् । यसअघि गार्सियालाई भेटेका डेमोक्रेटिक सिनेटर क्रिस भान होलेनले अदालतको आदेशपछि उनलाई मेगा जेलबाट अर्को जेलमा सारिएको बताएका छन् ।

अमेरिकी सरकारले गल्तीले एल साल्भाडोरका नागरिक किल्मार आब्रेगो गार्सियालाई देश निकाला गरेको स्वीकार गरिसकेको छ । सरकारले उनी ‘एमएस–१३’ गिरोहको सदस्य भएको दाबी गर्दै आएको छ । तर उनका वकिल र परिवारले अस्वीकार गरेका छन् । आब्रेगो गार्सियालाई कहिल्यै पनि अपराधमा दोषी ठहर गरिएको छैन ।Why is there an anti-Trump protest in America?

सर्वोच्च अदालतले सुरुमा अप्रिल ८ मा एक फैसला गर्दै राष्ट्रपति ट्रम्पले उक्त गिरोहका सदस्यलाई देश निकाला गर्न ‘एलियन एनिमिज एक्ट’ प्रयोग गर्न सक्ने भए पनि देश निकाला गर्नुअघि चुनौतीका लागि मौका दिनुपर्ने अदालतको फैसलामा उल्लेख छ । जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेसँगैको सम्बोधनमा राष्ट्रपति ट्रम्पले ‘अमेरिकी माटोमा विनाशकारी अपराध ल्याउने सबै विदेशी गिरोह र आपराधिक सञ्जालहरूको उपस्थितिलाई हटाउने’ वाचा गरेका थिए ।

अमेरिकी सञ्चारमाध्यमहरूले शनिबारको प्रदर्शन सामान्यतः शान्तिपूर्ण रहेको जनाएका छन् । तर डेमोक्रेट नेता सुहास सुब्रमण्यमले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको भिडियोमा ट्रम्पको चिन्ह बोकेको र भीडलाई बीचबाट धकेलेको देखिन्छ । कतिपय प्रदर्शनकारीले ब्रिटिस शासनविरुद्ध देशको क्रान्तिको सुरुवातको वार्षिकोत्सवको संकेतका रूपमा ‘नो किंग्स’ लेखिएका प्लेकार्डसमेत बोकेका थिए । लेक्सिङटन र कन्कर्डको लडाइँ र पल रेभरको प्रसिद्ध घोडा सवारीको सम्झनामा म्यासाचुसेट्समा वार्षिकोत्सव मनाउने क्रममा मानिसहरूले यस्तै प्लेकार्ड बोकेका थिए । शनिबार बोस्टनमा ‘५०५०१’ प्रदर्शन भएको थियो ।

ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेसँगै अमेरिकामा राजनीतिक विरोधहरू सामान्य हुन थालेका छन् । अप्रिलको सुरुमा अमेरिकाभर गरिएको ‘ह्यान्ड्स अफ’ प्रदर्शनमा दसौं हजार मानिस सहभागी भएका थिए । विरोध प्रदर्शन अमेरिकाका सबै ५० राज्यका १२ सय स्थानमा गरिएको थियो ।

(एजेन्सीहरूको सहयोगमा)

बुद्धिसागर मरासिनी मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

Link copied successfully