हमासद्वारा इजरायलको युद्धविराम प्रस्ताव अस्वीकार

वैशाख ३, २०८२

एजेन्सी

Israel's cease-fire offer rejected by Hamas

प्यालेस्टाइन — इजरायलले ६ साताका लागि गरेको युद्धविरामको प्रस्ताव हमासले अस्वीकार गरेको छ । 

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार इजरायलले युद्धविराम लागू गरेको बदलामा हमासले हतियार छाड्नुपर्ने सर्त राखेको एक जना प्यालिस्टिनी वरिष्ठ अधिकारीले बताएका छन् । 

युद्धविरामको प्रस्ताव गरे पनि युद्ध अन्त्यबारे कुनै प्रतिबद्धता नगरेकाले उक्त प्रस्ताव अस्वीकार गरिएको ती अधिकारीको भनाइ छ । 

इजरायलले गरेको युद्धविराम प्रस्तावमा हमासले उठाउँदै आएका प्रमुख मागहरूबारे पनि उल्लेख थिएन । तर, त्यसको बदलामा हमासले बन्धक बनाएकामध्ये आधालाई रिहा गर्नुपर्ने सर्त इजरायलले राखेको थियो ।

गाजामा इजरायलको सैन्य कारबाही जारी रहेको समयमा यो प्रस्ताव आएको हो । हालै गाजाको खान युनिसस्थित एक अस्पतालमा हवाई आक्रमण भएको थियो । उक्त आक्रमणमा हमासका एक नेता मारिएको इजरायलले दावी गरेको थियो ।

उता संयुक्त राष्ट्रसंघीय एजेन्सीले भने गाजामा मानवीय अवस्था युद्ध सुरु भएयताका १८ महिनामा सबैभन्दा खराब स्थितिमा पुगेको बताएको छ ।

एजेन्सी

Link copied successfully