पेरुका राष्ट्रपतिको ‘रोलेक्सगेट’ काण्ड खारेज

चैत्र ३१, २०८१

रासस/एएफपी

Peru's President's 'Rolexgate' scandal dismissed

लिमा — पेरुका राष्ट्रपति डिना बोलुआर्टेले गैरकानुनीरूपमा ‘रोलेक्सगेट’ घडी उपहार लिएको अभियोगमा संसद्‌मा महाभियोग लगाउन गरेको तयारीलाई रोकेको छ ।

संसदीय छानबिन उप–समितिले उनले उक्त घडी गैरकानुनी रूपमा उपहार (घुस) लिएको भन्ने आरोपमा कुनै सत्यता नभएको तर उक्त घडी राष्ट्रपतिका साथीले पैसा तिर्नेगरी किनिदिएको ठहर गर्दै उनलाई भ्रष्टाचार आरोप र महाभियोगको सामना गर्नुपर्ने प्रस्तावबाट जोगाएको छ । 

यससँगै पेरुको कंग्रेसले उनीविरूद्धको भ्रष्टाचारको अनुसन्धान रोकेको छ । उक्त आरोपमाथि सुनुवाई गर्दै उपसमितिले राष्ट्रपतिको गहिरो अलोकप्रियतालाई थप बिगार्न सक्ने उक्त मुद्दा खारेज गर्न शुक्रबार सिफारिस गरेको थियो ।

सन् २०२६ को जुलाईमा ६२ वर्षीया बोलुआर्टेले पद छोड्दा र राष्ट्रपतिको उन्मुक्ति गुमाउँदा उनीमाथिको यो मुद्दामा अझै पनि सफाइ नहुन सक्छ । 

सन् २०२४ को मार्चमा राष्ट्रपतिसँग रहेको अघोषित महंगो रोलेक्स घडी र गहनाको भण्डार फेला परेपछि तथाकथित ‘रोलेक्सगेट स्क्यान्डल’ सुरु भएको थियो ।

बोलुआर्टेले अभियोजकसमक्ष घडीहरू एक मित्रद्वारा पैसा तिर्नेगरी किनिदिएको बताए पनि महान्यायाधिवक्ताले कंग्रेसमा त्यसलाई घूस स्वरूप आर्जन गरेको सम्पत्तिका रूपमा औपचारिक आरोप प्रस्तुत गरेका थिए । 

समर्थन अनुमोदन दर एकल अंकमा रहेका राष्ट्रपतिको संसद्मा कुनै पार्टी वा नेतृत्व रहेको छैन, तर सत्तारूढ कन्जरभेटिभ पार्टीहरूको समर्थन छ ।

सन् २०२३ मा नाकको शल्यक्रियाका लागि दुई हप्तासम्म अघोषित रूपमा अनुपस्थित भएको विषयमा उनले छुट्टै छानबिनको सामना गर्नुपरेको छ, जुन उनले कस्मेटिक उद्देश्यले नभई मेडिकल उपचारका लागि गरिएको बताएकी थिइन् ।

पेरू लामो समयदेखि राजनीतिक अस्थिरताबाट गुज्रिरहेको छ र विगत आठ वर्षमा त्यहाँ छ जना राष्ट्रपति भएका छन् ।

सन् २०२२ को डिसेम्बरमा बोलुआर्टेले वामपन्थी राष्ट्रपति पेड्रो क्यास्टिलोलाई विस्थापित गर्दै पदभार ग्रहण गरेकी थिइन् । उनी क्यास्टिलोको उपराष्ट्रपति थिइन् । पेरुमा आगामी राष्ट्रपति र विधायिकाको निर्वाचन सन् २०२६ को अप्रिलमा हुनेछ ।

रासस/एएफपी

Link copied successfully