अमेरिकी अदालतले दियो कोलम्बिया विश्वविद्यालयका छात्र महमुद खलीललाई देश निकालाको अनुमति

चैत्र ३०, २०८१

एजेन्सी

The US court granted permission to deport Columbia University student Mahmoud Khalil

लुइसियाना — अमेरिकाका एक न्यायाधीशले ट्रम्प प्रशासन कोलम्बिया विश्वविद्यालयका छात्र महमुद खलीलाई निर्वासित गर्न सक्ने निर्णय सुनाएका छन् ।

इमिग्रेशन अदालतको फैसलाअनुसार अब महमुदलाई तत्काल देशबाट निकालिनेछ । न्यायाधीशले खलीलका वकिललाई यो आदेशविरुद्ध अपील गर्नका लागि २३ अप्रिलसम्मको समय दिएका छन् । 

महमुद खलीललाई गत महिना प्यालेस्टाइनको समर्थनमा गरिएको प्रदर्शनमा मुख्य भूमिका निभाएको आरोपमा हिरासतमा लिइएको थियो । 

उनलाई ८ मार्चदेखि लुइसियाना हिरासतको केन्द्रमा राखिएको छ । एक पत्रमा खलीलले आफ्नो गिरफ्तारी प्यालेस्टिनीको अधिकारका लागि आवाज उठाउनुको नतिजा रहेको बताएका छन् । 

खलील कानुनी हिसाबमा अमेरिकाका स्थायी बासिन्दा हुन् । उनीविरुद्ध अन्य कुनै अपराधको आरोप भने छैन । 

यद्दपि अमेरिकी सरकारले शित युद्ध युगको एक आव्रजन कानुनको हवाला दिँदै महमुद खलीलको उपस्थिति अमेरिकी विदेश नीतिको हित प्रतिकूल बताएको छ । 

एजेन्सी

Link copied successfully