औषधिमा पनि ट्यारिफ लगाउने ट्रम्पको योजना

चैत्र २७, २०८१

एजेन्सी

Trump plans to impose tariffs on medicine as well

वाशिंटन डीसी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिंटन डीसीमा एक कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिका औषधिमा पनि ट्यारिफ लगाउने बताएका छन् ।

उनले भने, ‘हामी एकदमै महत्त्वपूर्ण कदम उठाउन गइरहेका छौं । अब हामी औषधिमा पनि ट्यारिफ लगाउनेछौं । त्यसो हुँदा विदेशी कम्पनी औषधि बनाउनका लागि अमेरिका फर्किनेछन् । किनकी अमेरिका सबैभन्दा ठूलो बजार हो ।’

उनले यसबाट औषधि कम्पनीहरुमाथि दबाव बढ्ने र चीन जस्ता देशबाट आफ्नो कारोबार हटाएर अमेरिकामा उद्योग स्थापना गर्ने दाबी गरे । यस कदमले अमेरिका औषधि बिक्रेताका रुपमा उदाउने उनको भनाइ छ । 

गतसाता ट्यारिफ घोषणाका क्रममा औषधिमा छुट दिएका थिए ।  तर अहिले भने ट्रम्पले औषधिमा पनि छुट्टै ट्यारिफ लगाउने बताएका छन् । 

विश्वमा सबैभन्दा धेरै औषधि चीन, भारत र युरोपमा उत्पादन हुँदै आएका छन् । केही विशेषज्ञले यदि औषधिमा प्रयोग हुने सामग्रीमा शुल्क लगाउँदा आम मानिसका लागि औषधिको मूल्य अत्यधिक वृद्धि हुने चेतावनी दिएका छन् । 

एजेन्सी

Link copied successfully