काठमाडौँ — डोमिनिकन गणराज्यको राजधानी सान्तो डोमिङ्गोस्थित एक नाइट क्लबको छाना भत्किँदा कम्तीमा ११३ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । मृत्यु हुनेमध्ये सन् २०१३ मा सन्यास लिएका चर्चित बेसबल खेलाडी क्टाभियो डोटेल सहित एल अफ्रिकानो र लास आविस्पास जस्ता चर्चित गीत गाएका डोमिनिकन गायक रुवी पेरेज पनि रहेका छन् ।
डोमिनिकन गणराज्यको राजधानी सान्तो डोमिङ्गोस्थित एक नाइट क्लबको छाना भत्किँदा कम्तीमा ११३ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । मृत्यु हुनेमध्ये सन् २०१३ मा सन्यास लिएका चर्चित बेसबल खेलाडी क्टाभियो डोटेल सहित एल अफ्रिकानो र लास आविस्पास जस्ता चर्चित गीत गाएका डोमिनिकन गायक रुवी पेरेज पनि रहेका छन् ।
मंगलबार बिहान रुवी पेरेजको लाइभ कन्सर्टका क्रममा क्रममा जेट सेट भनिने नाइट क्लबको छानो भत्किदा यो घटना भएको हो । भग्नावशेषमा अझै धेरै पुरिएको हुनसक्ने आशंका गरिएको छ । रातको १ बजेतिर पूरै क्लब भरिभराउ भएका बेला घटना भएको जनाइएको छ । अझै पनि ४ सयभन्दा बढी उद्दारकर्मीहरू पुरिएकाहरुलाई जीवितै उद्दार गर्न सकिने विश्वासका साथ खोजीमा जुटेका छन् । मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
उक्त कन्सर्टमा राजनीतिज्ञ, खेलाडी तथा अन्य विशिष्ट व्यक्तिहरू पनि सहभागी भएकाले मृतक मध्ये धेरै उच्च पदस्त व्यक्तिहरु भएको जनाइएको छ ।
राष्ट्रपति लुइस रोडोल्फो एबिनाडेरले पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।
