अतिरिक्त ट्यारिफको धम्कीपछि अमेरिकासँग अन्तिमसम्म लड्ने चीनको चेतावनी 

चैत्र २६, २०८१

एजेन्सी

China warns of fight to the end with US after threat of additional tariffs

बेइजिङ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चीनमाथि अतिरिक्त ट्यारिफ लगाउने धम्की दिएपछि चीनले पनि आफ्नो प्रतिक्रिया दिएको छ ।

ट्रम्पको धम्कीलाई चिनियाँ वाणिज्य मन्त्रालयले ‘एक अर्को ठूलो गल्ती’ बताएको छ । मन्त्रालयले अमेरिकाको कुनै पनि प्रकारको धम्कीलाई स्वीकार नगर्ने र अन्तिमसम्म ट्यारिफविरुद्ध पूरै ताकतले लड्ने चेतावनी दिएको छ । 

चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले पनि यो यो ट्यारिफ युद्धबारे आफ्नो अखबार पिपल्स डेलीमा लेख प्रकाशित गरेको छ । उकत लेखमा चीनको प्रतिक्रिया उचित, कानुनी, मजदबुद र संयमित रहेको बताइएको छ । अमेरिकाले विश्वलाई आफ्नो शक्ति देखाउन ट्यारिफको रवैया देखाएको आरोप लेखमा छ । 

यस लेखमा ट्रम्प प्रशासनको आलोचना गर्दै भनिएको छ, ‘अमेरिका ट्यारिफलाई एक हतियारजस्तै प्रयोग गरिरहेको छ । जब कि चीन अन्तर्राष्ट्रिय सहयोग र बराबरीको समर्थक हो ।’

एजेन्सी

Link copied successfully