कंगोको राजधानीमा भीषण वर्षापछि बाढी, कम्तीमा ३३ जनाको मृत्यु 

चैत्र २५, २०८१

कान्तिपुर संवाददाता

At least 33 dead after heavy rains flood Congo's capital

काठमाडौँ — कंगोको राजधानी किन्सासामा भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ । आत्मरक्षाको प्रयासमा स्थानीय बासिन्दाहरू सुरक्षित स्थानतर्फ प्रस्थान गरिरहेका छन् । 

भीषण वर्षा र बाढीका कारण किन्सासामा कम्तीमा ३३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । पश्चिमी किन्सासामा धेरै घर शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको वर्षापछिको बाढीले बगाएको छ । 

कंगो नदीको किनारमा अवस्थित किन्सासा सहरमा १ करोड ७० लाख मानिस बसोबास गर्छन् । यो नदी विश्वकै ठूला नदीहरूमध्ये एक हो जुन देशैभरि फैलिएको छ । कंगो नदीमा बाढी आउनु सामान्य कुरा भए पनि जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा बाढी झनै बढी र खतरनाक बन्दै गएको राष्ट्रपति फिलिक्स सिसेकेडी स्वयंले चेतावनी दिइसकेका छन् । 

राजधानीका २६ वटा जिल्लाहरू बाढीबाट प्रभावित भएका छन् । सबैभन्दा बढी असर गरिब बस्तीहरू र सहरको बाहिरी भागमा परेको छ ।  एक स्थानीयका अनुसार पानी डेढ मिटरसम्म  पुगेको छ ।

‘हामी ज्यान जोगाएर निस्किएका छौँ, तर घरभित्र धेरै कुरा फसेका छन्,’ स्थानीयलाई उद्दृत गर्दै एएफपी समाचार संस्थामा उल्लेख गरिएको छ । सरकारले ढिलो प्रतिक्रिया दिएको र पर्याप्त सहयोग उपलब्ध नगराएको थुप्रै स्थानीयको आरोप छ । उनीहरूले सरकारप्रति आक्रोश व्यक्त गरिरहेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully