गाजामा १५ मेडिकल स्टाफ मारिएको घटनामा इजरायलले स्वीकार्‍यो आफ्नो गल्ती

चैत्र २४, २०८१

एजेन्सी

Israel admits fault in Gaza killing of 15 medical staff

इजरायल — इजरायली सेनाले २३ मार्चमा दक्षिणी गाजामा १५ जना आपतकालीन कर्मचारीको हत्याका विषयमा आफ्ना सैनिकबाट गल्ती भएको स्वीकार गरेको छ । 

त्यसदिन रफाह नजिक प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) का एम्बुलेन्स, संयुक्त राष्ट्रको एक कार र गाजा सिभिल डिफेन्सको एक दमकल ट्रममाथि गोलाबारी भएको थियो । 

इजरायलले उक्त गाडीको लस्कर अँध्यारोमा शंकास्पद रुपमा अघि बढिरहेकाले सेनाले गोली चलाएको दाबी गरेको छ । मारिएका मेडिकल स्टाफमा एकले आक्रमणका सयमा भिडियो बनाएका थिए । उक्त फुटेजबाट घाइतेहरुको सहयोगका लागि बोलाउँदा सवारी साधनको लाइट बलेको देखन्छ । 

इजरायली डिफेन्स फोर्सले मारिएकामध्ये कम्तिमा ६ जना मेडिकल स्टाफ हमाससँग जोडिएको दाबी गरेको छ । यद्दपि इजरायलले अहिलेसम्म यसको कुनै प्रमाण दिन सकेको छैन । 

एजेन्सी

Link copied successfully