अमेरिकामा हजारौं कर्मचारी कटौती, गेटमा पुगेपछि थाह पाए जागिरबाट निकालिएको!

चैत्र २०, २०८१

एजेन्सी

In America, thousands of employees were cut, they were fired after they found out after reaching the gate!

अमेरिका — अमेरिकामा संघीय स्वास्थ्यकर्मीको कटौती सुरु भएको छ । कटौतीबारे कर्मचारीले मंगलबार कार्यालयको गेटमा पुगेपछि मात्र थाह पाए । 

कार्यालय समयभित्र पुग्नका लागि हतारमा आएका कर्मचारीलाई भित्र छिर्न नदिएर बाहिरै रोकिएको थियो । यो कटौतीमा कैयौं शीर्ष अधिकारी पनि छन् । 

अमेरिकाका स्वास्थ्यमन्त्री रोबर्ट एफ केनडी जुनियरले गत साता मात्रै १० हजार कर्मचारीलाई जागिरबाट निकालिने घोषणा गरेका थिए । 

अमेरिकी राष्ट्रपति कार्यालयले गत साता फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) का ३ हजार ५ सय कर्मचारी निकाल्ने योजना रहेको बताएको थियो । 

यता युनाइटेड स्टेट्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्शनबाट २ हजार ४ सय कर्मचारी कटौती भइसकेको छ । यसबाहेक प्रशासनले राष्ट्रिय स्वास्थ्य संस्थानबाट पनि १ हजार २ सय कर्मचारी निकालेको छ । 

एजेन्सी

Link copied successfully