टर्किएको इस्तानबुलका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा 

इमामोग्लु आगामी राष्ट्रपतीय चुनावमा राष्ट्रपति इर्दोगानलाई चुनौती दिने तयारीमा थिए

चैत्र १०, २०८१

एजेन्सी

Corruption case against Turkey's Istanbul mayor

इस्तानबुल — टर्कीएको इस्तानबुल सहरका मेयर एकरेम इमामोग्लुलाई आइतबार एक अदालतले पक्राउ गर्न र भ्रष्टाचारको आरोपसम्बन्धि मुद्दाको टुंगो नलागेसम्म जेलमा राख्न आदेश दिएको छ । 

राष्ट्रपति रेसेप तैयप इर्दोगानका प्रमुख विरोधी तथा विपक्षी रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इमामोग्लुले आगामी राष्ट्रपतीय चुनावमा इर्दोगानलाई चुनौती दिने तयारी गरेका थिए । 

टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानका प्रतिद्वन्द्वी इमामोग्लुलाई २०२८ को राष्ट्रपति पदको उम्मेदवारको रूपमा छनोट हुनुभन्दा केही दिन अघि बुधबार हिरासतमा लिइएको थियो ।

इमामोग्लुले आफुमाथिका आरोपहरू अस्वीकार गर्दै आएका छन् । उनलाई पक्राउपछि समर्थकहरूले चार रातसम्म गरेको विरोध प्रदर्शन एक दशकयता टर्किएमा देखिएको सबैभन्दा ठूलो प्रदर्शन चार रातसम्म चलेको छ । 

इर्दोगानले विरोध प्रदर्शनको निन्दा गर्दै इमामोग्लुको विपक्षी रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) लाई ‘शान्तिलाई खलल पार्ने र जनतालाई ध्रुवीकरण गर्ने’ प्रयास गरेको आरोप लगाएका छन् ।

शनिबार इस्तानबुलमा मेयरको कार्यालयबाहिर विरोध प्रदर्शन सुरू हुनुअघि नै हावामा अश्रुग्यास प्रहार गरिएको थियो । साँझ पर्दै गएसँगै भीड बढेपछि प्रदर्शनकारीलाई तितरबितर पार्न दर्जनौं सेल अश्रुग्यास प्रहार गरिएपछि सास फेर्न गाह्रो भएको थियो ।

सबै उमेरका मानिसहरूले ‘अधिकार, कानून र न्याय’ को नारा लगाउँदै गैरकानूनी थुनाको विरोध गर्न सरकारले लगाएको प्रतिबन्ध अस्वीकार गरेका थिए । 

एजेन्सी

Link copied successfully