१५ वर्षमा पहिलोपल्ट हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द

विद्युतीय सबस्टेसनमा आगलागीले हिथ्रो विमानस्थलमा हुने करिब १ हजार ३ सय ५१ उडान रद्द

चैत्र ८, २०८१

कान्तिपुर संवाददाता

Heathrow International Airport is completely closed for the first time in 15 years

काठमाडौँ — हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार पूर्ण रूपमा बन्द हुने भएको छ । नजिकै रहेको विद्युतीय सबस्टेसनमा भीषण आगलागीका कारण विमानस्थल बन्द हुने भएको हो । युरोपकै व्यस्तमध्यको एक विमानस्थलमा विद्युत् आपूर्ति हुने सबस्टेसनमै आगलागी भएको हो ।

बीबीसीका अनुसार कम्तीमा पनि शुक्रबार १ हजार ३ सय ५१ उडान रद्द हुनेछन् । सबस्टेसनमा आगो लागेका कारण ४ हजार ९ सयभन्दा बढी घरहरूमा बिजुली आपूर्ति रोकिएको छ । त्यस्तै सबस्टेसन वरपरबाट १ सय ५० जनाको उद्धार गरिएको छ । आगलागीको कारण अझै पत्ता नलागेको बीबीसीले जनाएको छ । 

Heathrow International Airport is completely closed for the first time in 15 years१५ वर्षमा पहिलोपल्ट हिथ्रो विमानस्थल पूर्ण रूपमा बन्द भएको हो । यात्रा पत्रकार सिमोन काल्डरका अनुसार सन् २०१० पछि पहिलो पटक हिथ्रो विमानस्थल पूर्ण रूपमा बन्द भएको हो । सन् २०१० मा ज्वालामुखी विस्फोटका कारण खरानीका कणहरू वायुमण्डलमा भएकाले विमानस्थल बन्द गरिएको थियो । 

कान्तिपुर

Link copied successfully