जेरुसेलम — इजरायलले हवाई आक्रमणपछि अब गाजामा स्थल आक्रमणलाई पनि तीव्र पारेको छ ।
हमासद्वारा सञ्चालित स्वासथ्य मन्त्रालयका अनुसार दुई दिनको अवधिमा इजरायलले गरेको भीषण हवाई आक्रमणमा ४ सय ३० जना भन्दा मानिस मारिएका छन् । मारिनेमा हमासका उच्च अधिकारिहरुसमेत छन् ।
इजरायलले हमासको प्रभाव रहेको क्षेत्रलाई निशाना बनाएर आक्रमण गरेको थियो । इजरायलको रक्षा बल (आईडीएफ)ले आफ्नो सेना नेत्जारिम करिडोरसम्म पुगेको बताएको छ ।
गाजामा नयाँ आक्रमणबाट इजरायल र हमासबीच जनवरीदेखि लागू युद्धविरामको सम्झौता समाप्त हुने संकेत गरेको छ । यसअघि संयुक्त राष्ट्रले डेर अल–बलास्थित उसको परिसरमा भएको विस्फोटमा दुई जना मारिएको र एक जना आफ्नो कर्मचारी रहेको बताएको छ ।
यस्तै बुधबार एक भिडियो सन्देश जारी गर्दै इजरायली रक्षामन्त्री इजरायल कात्जले प्यालेस्टिनी क्षेत्रमा अन्तिम चेतावनी दिँदै बन्दी बनाइएका आफ्ना नागरिकलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
अझै हमासले ५९ जना इजरायलीलाई बन्धक बनाएको र जसमा २४ जना अझै जिवित हुनसक्ने सम्भावना रहेको इजरायलको भनाइ छ ।
