गाजामा इजरायली हवाई आक्रमण: ३४ जनाको मृत्यु

चैत्र ५, २०८१

एजेन्सी

Israeli airstrikes in Gaza: 34 killed

जेरुसेलम — इजरायलले गाजामा सुरु गरेको हवाई आक्रमणमा परी ३४ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । 

इजरायली सेनाले हमासको आतंकवादी क्षेत्रलाई लक्षित गरी ठूलो आक्रमण गरेको बताएको छ । रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीलाई उदृत गर्दै मध्य गाजामा देर अल–बलाहमा तीन घरलाई निशाना बनाइएको र खान यूनिस र रफाहमा पनि भौतिक संरचनालाई लक्षित गरी आक्रमण गरिएको उल्लेख गरेको छ । 

गाजाको सिभिल डेफेन्स एजेन्सीका अनुसार अहिलेसम्म आक्रमणमा परी ३४ जना प्यालेस्टिनीको ज्यान गएको छ भने ७० भन्दा बढी घाइते भएका छन् । 

१९ जनवरीदेखि सुरु भएको युद्धविरामपछि सबैभन्दा ठूलो आक्रमण हो यो । इजरायलका प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल कात्जले मंगलबार बिानी गाजा पट्ठटीमा आक्रमणको आदेश दिएका थिए । 

एजेन्सी

Link copied successfully