अमेरिकामा शक्तिशाली आँधी, कम्तिमा २० जनाको मृत्यु

चैत्र ३, २०८१

एजेन्सी

Strong storm in the US, at least 20 dead

टेक्सस — दक्षिण अमेरिकामा शक्तिशाली आँधीमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा १२ जना मिसौरीका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

उक्त आँधीले दक्षिण–पूर्वी राज्यमा ठूलो मानविय र भौतिक क्षति पुर्‍याएको छ । कैयौं गाडी दुर्घटनामा परेका छन् भने घरहरु पनि पूर्णरुपमा ध्वस्त भएका छन् । 

आँधीमा परी टेक्ससमा कार दुर्घटना हुँदा त्यसमा सवार तीन जनाको मृत्यु भएको छ । यसका साथै ओक्लोहोमा र अर्कांससमा पनि मानविय क्षति भएको बताइएको छ । 

ट्र्याकर पावरआउटेजका अनुसार शनिबार दिउँसो ६ राज्यका दुई लाख ४० हजारभन्दा बढी घरमा बिजुलीसमेत अवरुद्ध भएको छ । जसमा टेक्सस, मिसौरी र इलिनोइस पनि रहेका छन् । 

सेन्ट्रल मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीसमा मौसम खराब हुने चेतावनी दिइएको छ । राष्ट्रिय मौसम सेवाले अचानक बाढी आउनसक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ । 

यसअघि शनिबार बिहानै सेन्ट्रल मिसिसिपीमा आँधीलाई लिएर हाई अलर्ट जारी गरिएको थियो ।  

एजेन्सी

Link copied successfully