प्यालेस्टिनको समर्थनमा गरिएको प्रदर्शनमा सहभागी भारतीय छात्रा रन्जनीले अमेरिका छाडिन्

चैत्र २, २०८१

एजेन्सी

Ranjani, an Indian student who participated in a demonstration in support of Palestine, left the US

कोलम्बिया — अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा अध्ययनरत भारतीय छात्रा रन्जनी श्रीनिवासनले अमेरिका छाडेकी छिन् । 

विश्वविद्यालयको एक क्याम्पसमा प्यालेस्टिनको समर्थनमा गतवर्ष आयोजित प्रदर्शनमा सहभागी भएकी उनले अमेरिका छाडेकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार विश्वविद्यालयले उक्त प्रदर्शनमा सहभागी विद्यार्थीलाई कारबाही गर्न थालेपछि श्रीनिवासनले अमेरिका छाडेकी हुन् । 

हालै ट्रम्प प्रशासनले उक्त विश्वविद्यालयलाई दिँदै आएको ४० करोड डलर सहायता रोकेको छ । विश्वविद्यालयले यहुदी भावनाविरुद्ध लड्न असफल भएको भन्दै सहायता रोकेको हो । 

यसका साथै विश्वविद्यायले कैयौं विद्यार्थीलाई निलम्बन गरेको छ भने केहीलाई निकालिदिएको छ ।

कोलम्बिया विश्वविद्यालयको क्याम्पसका कार्यकर्ता महमूद खलीललाई पक्राउ गरेपछि विश्वविद्यालयले अन्य विद्यार्थीहरुमाथि पनि कारबाही सुरु गरेको हो ।

खलीललाई हाल संघीय आप्रवासन प्राधिकरणको हिरासतमा लिइएको छ । 

एजेन्सी

Link copied successfully