युक्रेनको नियन्त्रणमा रहेको कुस्र्क क्षेत्र रुसद्वारा पुनः कब्जा

चैत्र १, २०८१

सिन्ह्वा

Russian recapture of Kusk region under Ukrainian control

काठमाडौँ — रुसी सेनाले कुस्र्क क्षेत्रको प्रमुख सहर सुड्झालाई पुनः कब्जा गरेको छ । जुन पहिले युक्रेनको नियन्त्रणमा थियो । रुसी रक्षा मन्त्रालयले उत्तरी समूहका सेनाका एकाइहरूले आफ्नो आक्रामक कारबाहीको क्रममा मेलोभोई, पोडोल र सुड्झाका बस्तीहरू मुक्त कब्जा गरेको बताएको छ ।

अगस्ट २०२४ मा सीमापार आक्रमण भएदेखि युक्रेनी नियन्त्रणमा रहेको सुड्झा कुस्र्क क्षेत्रमा युक्रेनको सञ्चालनका लागि आपूर्ति सुरक्षित गर्ने महत्त्वपूर्ण स्थान हो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार कुस्र्क क्षेत्र पुनः कब्जा गर्ने रूसी सैन्य कारबाही अन्तिम चरणमा प्रवेश गरेको बताए । रुसी सेना प्रमुख भ्यालेरी गेरासिमोभका अनुसार रुसी सेनाले कुस्र्क क्षेत्रमा १ हजार १ सय वर्ग किलोमिटरभन्दा बढी भूभाग पुनः प्राप्त गरेको छ । जुन पहिले युक्रेनले कब्जा गरेको क्षेत्रफलको ८६ प्रतिशतभन्दा बढी हो । 

सिन्ह्वा

Link copied successfully