विमान चार्टर्ड गरी नेदरल्यान्ड्स पुर्‍याइयो फिलिपिन्सका पूर्व राष्ट्रपति दुतेर्तेलाई

फाल्गुन २८, २०८१

एजेन्सी

The plane was chartered and taken to the Netherlands for the former President of the Philippines, Duterte

हेग — फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेलाई पक्राउ गरिएको १२ घण्टापछि मंगलबार राति नेदरल्याण्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) पुर्‍याइएको छ ।

उनका एक वकिल मार्टिन डेल्ग्राले सामाजिक सञ्जालमा गरेको पोस्टमा ७९ वर्षीय दुतेर्तेलाई हेग लैजाने सानो विमानको तस्बिर देखाइएको थियो । दुतेर्तेको नजिकका सहयोगी साल्भाडोर मेडियाल्डे दुतेर्तेसँगै विमानमा चढेकाहरूमध्ये थिए । 

दुतेर्तेलाई मंगलबार बिहान पक्राउ गरी आईसीसीले जारी गरेको पक्राउ वारेन्टका कारण हिरासतमा राखिएको थियो । जुन कदममाथि दुतेर्तेले प्रश्न उठाएका छन् । राष्ट्रपतिको सञ्चार कार्यालयले दुतेर्तेको प्रस्थानबारे कुनै प्रतिक्रिया दिएको छैन ।

एजेन्सी

Link copied successfully