काठमाडौँ — रुसका स्थानीय अधिकारीले मस्कोमा मध्यरात ठूलो मात्रामा ड्रोन आक्रमण भएको दाबी गरेका छन् । जसमा एक जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।
क्षेत्रीय गभर्नर आन्द्रेई वोरोबयेवले राजधानीभन्दा बाहिर विदनोये र डोमोडेडोजी कस्बोँमा केही मानिस हताहत भएको बताएका छन् । एक सरकारीसहित सातवटा अपार्टमेन्ट क्षतिग्रस्त भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।
मस्कोका मेयर सर्गेई सोबयानिले शहरतर्फ आएका ७३ ड्रोनलाई नष्ट गरिएको बताए । एक ड्रोन भने भवनको छतमा खसेपछि क्षति भएको हो ।
आक्रमणपछि मस्कोको एक जिल्लाको रेल नेटवर्क बन्द गरिएको छ र हवाई हड्डामा उडान प्रतिबन्ध गरिएको छ ।
रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्नका लागि युक्रेन र अमेरिकी प्रतिनिधिबीच साउदी अरेबियामा कुराकानी हुनुअघि यो आक्रमण भएको हो । यता यस आक्रमणबारे युक्रेनले कुनै प्रतिक्रिया दिएको छैन ।
