चिनियाँ सामग्रीमा कर बढाएपछि चीनले पनि अमेरिकी कृषि उत्पादनमा बढायो कर

अमेरिकासँग जुनसुकै युद्धका लागि तयार रहेको चीनको घोषणा

फाल्गुन २२, २०८१

एजेन्सी

After raising tariffs on Chinese goods, China also raised tariffs on American agricultural products

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानहरुमा थप कर लगाएपछि चीनले त्यसको प्रतिक्रिया दिएको छ । अमेरिकी करको बदलमा चीनले पनि अमेरिकी कृषि उत्पादनहरुमा १० देखि १५ प्रतिशतसम्म कर लगाएर प्रतिकार गरेको छ ।

साथै चीनले अमेरिकासँग कुनै पनि प्रकारको युद्ध लड्न तयार रहेको घोषणा गरेको छ । यदि अमेरिकाले युद्ध चाहेको हो भने कर युद्ध, व्यापार युद्ध वा अन्य जुनसुकै प्रकारको युद्ध लड्न आफू तयार रहेको चीनले चेतावनी दिएको छ । 

अमेरिकास्थित चिनियाँ दूतावासले बुधबार सामाजिक सञ्जालमा सरकारी विज्ञप्तिको एक लाइन पुनः पोस्ट गर्दै यस्तो चेतावनी दिएको हो । ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेयता चीनबाट यो अहिलेसम्मकै सबैभन्दा बलियो उद्घोष हो ।

बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू वार्षिक राष्ट्रिय जन कंग्रेसको लागि भेला हुँदा यो प्रतिक्रिया आएको हो । बुधबार मात्रै चीनका प्रधानमन्त्री ली छियाङले आफ्नो देशको रक्षा खर्च ७ दशमलव २ प्रतिशतले बढाउने घोषणा गरेका थिए । 

एजेन्सी

Link copied successfully