बेइजिङमा कम्युनिस्ट पार्टीका दुई अधिवेशन

फाल्गुन २१, २०८१

लक्ष्मी लम्साल

Two Communist Party Congresses in Beijing

बेइजिङ — चिनियाँ राजनीतिक जीवनमा महत्त्वपूर्ण घटना मानिने चिनियाँ कम्युनिष्ट पार्टीका दुई अधिवेशन मंगलबारदेखि बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा सुरू भएका छन् । चीनको शीर्ष राजनीतिक सल्लाहकार निकाय, चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) १४औं राष्ट्रिय समितिको तेस्रो सत्र मंगलबारदेखि र १४औं राष्ट्रिय जनकांग्रेसको तेस्रो सत्र बुधबारदेखि सञ्चालनमा आएका हुन्।

अधिवेशन अन्तर्गत मार्च ३ तारिखबाट सुरू भएको सीपीपीसीसी १० तारिखसम्म चल्नेछ । आर्थिक, सांस्कृतिक, शैक्षिक र वातावरणीय स्रोत लगायत ३४ वटा क्षेत्रका २१०० भन्दा बढी सदस्यहरू भेला भई चिनियाँ शैलीको आधुनिकीकरण लक्ष्यको कार्यभारलाई अघि बढाउनेबारेमा राय-सुझाव प्रस्तुत गरिरहेका छन् । उनीहरूले कार्यप्रतिवेदन र प्रस्तावहरूको व्यवस्थापन गर्ने, सुन्ने र छलफल गर्ने परम्परा छ । सीपीपीसीसीका सदस्यहरू बुधबारदेखि सुरू भएको जनकांग्रेसको सत्रमा पनि सहभागी भएर सरकारी कार्य प्रतिवेदनसहित प्रमुख कागजातहरूमाथि छलफलमा जुटेका हुन् ।

वार्षिक सम्मेलनका क्रममा विगत एक वर्षमा परामर्श समितिका प्रतिनिधिहरूले आधुनिकीकरण अभियानमा आफ्नो प्रयास केन्द्रित गर्दै राज्य मामिलाका सुझावहरू प्रस्तुत गरेका सीपीपीसीसीको तेस्रो सत्रका प्रवक्ता लिउ च्येयीले बताए । उनले भने, ‘प्रतिनिधिहरूले गाउँ, कारखाना र समुदायहरूको भ्रमण गरेका छन्, तल्लो तहका विचार र सुझावहरूलाई पार्टी र सरकारको निर्णय प्रक्रियामा लिएर आएका छन् ।’

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको प्रत्येक कार्यावधि ५ वर्षको हुन्छ र हरेक वर्ष एक पटक पूर्ण अधिवेशनको आयोजना गरिन्छ ।

दुई अधिवेशनका दौरान बेइजिङस्थित चीनका लागि विभिन्न कूटनीतिज्ञहरू उद्घाटन र समापन बैठकमा आमन्त्रित हुने गर्दछन् । चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली पहिलो पटक सरकारी कार्य प्रतिवेदन बैठकमा सहभागी भएका छन् । यस वर्ष चीनको १४औं पञ्चवर्षीय योजनाको अन्तिम वर्ष र चीनको लागि रूपान्तरण र स्तरोन्नतिलाई तीव्रता दिन र उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण वर्ष हो भन्दै राजदूत ओलीले आर्थिक विकास र योजनामा ध्यान केन्द्रित गरेको बताए ।

बुधबारदेखि राष्ट्रिय जनकांग्रेसको अधिवेशन

बुधबारदेखि बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा राष्ट्रिय जनकांग्रेस १४औं राष्ट्रिय समितिको तेस्रो अधिवेशन सुरु भएको छ । राष्ट्रपति सी चिनफिङ लगायत शीर्ष नेताहरू भेला भएको उद्घाटन समारोहमा प्रधानमन्त्री ली छ्याङले सरकारी कार्य प्रतिवेदन प्रस्तुत गरेका थिए।

सरकारी कार्य प्रतिवेदन अनुसार चीनले चिनियाँ कम्युनिस्ट पार्टी २०औं केन्द्रीय समितिको दोस्रो र तेस्रो पूर्ण सत्रको सुधार व्यवस्थाहरू ठोस र प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सुधार तथा खुलापनमा सफलता हासिल गरेको छ । संस्थागत सुधार पूर्णरूपमा सम्पन्न हुनुका साथै एकीकृत राष्ट्रिय बजार निर्माण गर्ने र वैधानिक अवकाश उमेरलाई बिस्तारै ढिलाइ गर्ने जस्ता प्रमुख सुधारहरू सुरु गरिएको छ । उत्पादन क्षेत्रमा विदेशी लगानी पहुँचमा रहेका सबै प्रतिबन्धहरू हटाइएको छ भने बेल्ट एण्ड रोडको संयुक्त निर्माणमा व्यापार र लगानी सहयोग निरन्तर विस्तार र स्तरोन्नति गरिएको छ ।

Two Communist Party Congresses in Beijingतस्बिर : सिन्ह्वा

सरकारी कार्य प्रतिवेदनअनुसार, स्थानीय अवस्थालाई मध्यनजर गरी नयाँ गुणस्तरीय उत्पादकत्व विकास गरिने भने उद्योगहरूमा लगानी बढाउने संयन्त्र स्थापना गरिनेछ । यस्तै, बायोम्यानुफ्याक्चरिङ, क्वान्टम टेक्नोलोजी, इम्बोडेड इन्टेलिजेन्स, ६-जी जस्ता भविष्यका उद्योगहरूको विकास गरिनेछ ।

कार्य प्रतिवेदनमा बाह्य दबाबको सामनाका साथै आन्तरिक कठिनाई पार गर्दै चीनले सक्दो मेहनत गरी आर्थिक सञ्चालनको क्षेत्रमा स्थिर प्रगति हासिल गरेको उल्लेख छ । प्रधानमन्त्री लीले गत वर्ष चीनको आर्थिक सामाजिक विकासको मुख्य लक्ष्य पूरा भएर चीनको आर्थिक शक्ति, प्राविधिक शक्ति र सर्वतोमुखी शक्ति निरन्तर वृद्धि भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री लीका अनुसार हाल चीनको आर्थिक परिमाण स्थिर रुपमा विस्तृत हुँदै गएको छ । 

लक्ष्मी

Link copied successfully